dance
Ram Kumar Rai
व्युत्पत्तिशास्त्र (Etymology) का अनुसार ‘कोरियोग्राफी’ ग्रीक भाषाबाट फ्रान्सेली र पछि अंग्रेजी भाषामा आएको हो ।
यो शब्द प्राचीन ग्रीक भाषाको खोरिया (khoreia), जसको शाब्दिक अर्थ नृत्य र वा ग्राफिया (graphia), जसको शाब्दिक अर्थ लेख्नु, लेखन, हिज्जे, शब्द, आदि भन्ने हुन्छ ।
त्यसैले खोरियोग्राफी वा कोरियोग्राफी शब्दको अर्थ “नृत्य लेखन” ‘dance writing’ भन्ने हुन्छ । नृत्यको लिखित रुप कोरियोग्राफी हो ।
यसलाई नृत्य रचना , नृत्यचित्र, नृत्यचित्रण, जस्ता शब्दहरुले पनि बुझ्न सकिन्छ । यसर्थ, कोरियोग्राफी शब्दले समय र स्थानमा गतिशीलताको ढाँचा स्पष्ट पार्ने र नोट गर्ने कलालाई जनाउँछ ।
जुन पहिलो पटक १८ औं शताब्दिको अन्त्यतिरबाट प्रचलित भएको हो । अंग्रेजी भाषाका आत्मचरित्र वा अटोवायोग्राफी ‘autobiography’, फोटोग्राफी ‘photography’, भिडियोग्राफी ‘videography’, जस्ता शब्दहरुले पनि सम्बन्धित विषयलाई लिपिबद्ध गर्नु ‘making notaion’ भन्ने जनाउँदछ ।
त्यसैले नृत्यलाई लिपिबद्ध गर्ने कार्य नै कोरियोग्राफी हो । जसले प्रदर्शनको लागि गरिने नृत्य लगायत ओपेरा, चियरलिडिङ, थियटर, मार्चिङ ब्यान्ड, सिंक्रोनाइज्ड स्विमिङ, सिनेमाटोग्राफी, आइस स्केटिङ, जिमन्यास्टिक, फेसन शो, शो कोयर, कार्डिस्ट्री, भिडियो गेम उत्पादन, र एनिमेटेड कला आदिमा चालको सिर्जना र व्यवस्थालाई समेटेर विकसित भएको हो । नृत्यचित्रण (choreography) गर्ने व्यक्तिलाई कोरियोग्राफर ‘choreographer’ भनिन्छ ।
क्रमशः
More Stories
मोको जाम्बिज नृत्य
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच