रामकुमार राई
केही महिना देखि नेपाली समकालीन कलाकार मुकेश श्रेष्ठको चित्रकला ‘बोधिसत्व अफ पावर’ (२०२३/२४)र बोधिसत्व बज्रपाणिसम्बन्धि ‘ॐ बज्रपाणि हूँ’ मन्त्र सङ्गीतलाई सँगसँगै हेर्ने र सुन्ने प्रयोग गरेँ । चित्रकला र मन्त्र सङ्गीत बीचमा गहिरो दार्शनिक र कलात्मक सम्बन्ध रहेको पाएँ । यी दुवै माध्यमले बुद्ध धर्मको शक्ति र दर्शनको पक्षलाई प्रदीप्त गरेको महसुस गरेँ ।
चित्रकला सन्दर्भ –
- कलाकार मुकेश श्रेष्ठले आफ्नो चित्रमा परम्परागत बौद्ध कला र आधुनिक शैलीको मिश्रण गरेका छन् ।
- चित्रमा बज्रपाणि बोधिसत्वको क्रोध मुद्रा र भाव देखाइएको देखिन्छ ।
- गाढा नीलो शरीर र हातमा रहेको बज्रले अज्ञानता र नकारात्मकतालाई नष्ट गर्ने अजेय शक्तिको प्रतिनिधित्व गर्ने प्रतीकात्मकवादी सिद्धान्तको प्रयोग गरेका छन ।
- पृष्ठभूमिमा रहेको रातो र सुन्तला रङको विष्फोटक मिश्रणले परिवर्तनको ज्वाला (प्रभामण्डल) लाई जनाउँछ। यो केवल विनाश होइन, बरु मोह र लोभलाई जलाएर ज्ञानको मार्ग प्रशस्त गर्ने ऊर्जा हो भन्ने बौद्ध दर्शनको मूल भाव देख्न सकिन्छ ।
- यो चित्रकलाको दार्शनिक पक्ष भनेको “अज्ञानताबाट ज्ञानतर्फको यात्रा” हो । यस चित्रले देखाउँछ कि बाहिरी रूप क्रोधित देखिए पनि यसको भित्री सार भनेको करुणा र सुरक्षा नै हो।
सन्दर्भ मन्त्र सङ्गीत –
- यो मन्त्र सङ्गीतले मानिसको भित्री चेतनालाई जागृत गराउने कार्य गर्दो रहेछ ।
- शाब्दिक रुपमा ‘ॐ’ ले ब्रह्माण्डीय ऊर्जा, ‘बज्रपाणि’ ले शक्तिको स्रोत र ‘हूँ’ ले त्यो शक्तिलाई आफ्नै भित्री अस्तित्वमा जागृत गराउने प्रक्रियालाई इङ्गित गर्ने रहेछ ।
- सङ्गीत दर्शन अनुसार, यो मन्त्रको निरन्तर जप वा श्रवणले शरीरमा एक प्रकारको ऊर्जा उत्पन्न गर्छ जसले मानसिक डरलाई शक्ति र आत्मविश्वासमा बदल्ने शक्ति प्रदान गर्ने रहेछ ।
- यो मन्त्र सङ्गीतको ऊर्जावान् लयले साधकलाई बाधा-व्यवधान र नकारात्मक सोचबाट मुक्त गरी आध्यात्मिक शक्ति प्रदान गर्ने रहेछ ।
Ramesh Rai – Arts Critiques.
Mukesh Shrestham – Senior Artist.
“बोधिसत्व अफ पावर”
More Stories
छापाकलामा इतिहास र संस्कृति
चित्रभित्र नृत्य
दर्शकको रुपमा कलाकार