हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

ठिमीको सल:चा प्याँख

Sala:cha pyankha

this is a folk dance

राम कुमार राई

लोपोन्मुख अवस्थामा पुगेको सल: चा प्याखँ भक्तपुरको थिमी -५, पोबु टोलमा गाईजात्राको भोलिपल्ट देखि चार दिनसम्म लगातार नाचिन्छ। सल: चा प्याँख भन्नाले “घोडा चढेर नाच्ने” नाच भन्ने हो।

महाभारतको पाँच पाण्डवको कथामा आधारित रहेर नाचिने यो नाच लिच्छविकाल देखि नै प्रचलन रहेको भन्ने भनाइ छ।

महाभारतमा कौरबसँंग जुवामा हारेपछी पाएको वनबास र गुप्तबास समाप्ति पछि पाण्डवहरु घोडामा फर्किएको प्रसंगलाई यस प्याँख/नाचमा नाटकीय ढङ्गले प्रस्तुत गरिन्छ।

यो नाचमा कृत्रिम घोडा बनाएर घोडामा धनुष लिएका, श्रीपेच लगाएका राजकीय पोशाक लगाएर राजा युधिष्ठिर सवार हुने र सँगै अरू दाजुभाइ पनि रहने गरी बाजा तथा गीतको तालमा टोल–टोलमा गएर नाच प्रस्तुत गरिन्छ।

पोशाकको रङ्गअनुसार पाण्डवको पाँच दाजुभाइ वर्गीकरण गरिएको यो नाचमा अगाडि बस्ने सहदेव सेतो वस्त्रमा, बीचमा बस्ने अर्जुन निलो वस्त्रमा, त्यसपछि रातो वस्त्रका भीमसेन, मुख्य राजा कालो वस्त्रमा श्रीपेच लगाएका युधिष्ठिर र सबभन्दा पछाडि पहेँलो वस्त्रमा नकुलको प्रतीकका रूपमा रहेका हुन्छन्। ।