हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

महान कोरियोग्राफर बसन्तजंग रायमाझी

Memory of Guru ji.

In my memory, Basantjung Rayamajhi, The great choreographer of Nepal.

रामकुमार राई

सामाखुसी, रानीबारी चोकनजिकै नेपाली चलचित्र क्षेत्रका वरिष्ठ नृत्य निर्देशक (कोरियोग्राफर) तथा कलाकार बसन्तजंग रायमाझी (भारतीय सिनेजगतमा वसन्त नेपाली) बस्नुहुन्थ्यो । आफ्नै निवासमा “भैरव नृत्य प्रशिक्षण केन्द्र” स्थापना गर्नु भएको थियो । म पनि उहाँको जीवनको उत्तरार्धतिरको चेलाहरुमध्ये एक थिएँ ।

निवास-प्रवेशद्वार पुग्दा जहिले पनि प्रसिद्ध तबलावादकहरुको बोलबन्दिस, धेरैजसो अल्लारखा (जाकिर हुसैनाको पिताजी) को तबलावादन या त घुँघुरुको कुनै बोल बन्दिस उहाँको साधनालयमा गुन्जिरहेको हुन्थ्यो । वसन्त गुरुसँगको औपचारिक-अनौपचारिक केही किस्सहरु अझै मेरो मानसपटलमा ताजै छन । तर, आज उहाँको नृत्यकलालाई मात्रै चर्चा गर्ने प्रयास गरेको छु ।

बसन्तजंग रायमाझी नेपाली चलचित्र इतिहासका एक आधारस्तम्भ हुन्। उहाँले नेपाली र भारतीय (बलिउड) दुवै फिल्म उद्योगमा नृत्य कलामार्फत उल्लेख्य योगदान पुर्‍याउनु भएको छ । उहाँलाई कडा अनुशासन र मौलिक शैलीका नृत्य निर्देशकका रूपमा पनि चिनिन्थ्यो।

(क) नेपाली चलचित्र –

  • उहाँले नेपाली फिल्मका प्रारम्भिक काल (फिल्म – माइतीघर) देखि व्यावसायिक कालसम्म डेढ सयभन्दा बढी चलचित्रमा नृत्य निर्देशन (कोरियोग्राफी) गर्नु भएको छ ।
  • उहाँले नेपाली जनजीवन, लोक संस्कृति र रोमान्टिक शैलीको नृत्यलाई फिल्ममा मिसाउने काम गरे। उनका नृत्यहरूमा नेपाली मौलिकता झल्किन्थ्यो।
  • प्रमुख चलचित्रहरू –
    ‘युगदेखि युगसम्म’, ‘बासुदेव’, ‘माया प्रिती’, ‘आशीर्वाद’, ‘के घर के डेरा’, ‘बासुदेव’, ‘कस्तुरी’, ‘पहिलो प्रेम,’ ‘कान्छी’जस्ता चर्चित चलचित्रमा उनले नृत्य निर्देशन गर्नुभएको थियो ।

(ख) बलिउड/भारतीय चलचित्रमा –

  • नेपाली चलचित्रमा आउनु अघि उहाँले बलिउडमा करिब १०० भन्दा बढी चलचित्रहरुमा नर्तक, नृत्यसंयोजक, सहायक-कोरियोग्राफर, कोरियोग्राफर, आदिको रुपमा योगदान गर्नुभएको छ ।
  • उनले बलिउड नायिका हेलेनसँग फिल्म “कारवाँ -१९७१) को प्रसिद्ध गीत “पिया तु अब तो आजा … (मोनिका)” मा नृत्य गर्नु भएको थियो । साथै, महानायक अमिताभ बच्चनसँग पनि फिल्ममा नृत्य गरेको अनुभव उनीसँग थियो।
  • बसन्तजंग रायमाझी (वसन्त नेपाली) सँग सम्बन्धित केही बलिउड फिल्महरू –

कारवाँ (१९७१) – “पिया तू अब तो आजा” गीतमा हेलेनसँगको स्क्रिन उपस्थितिको लागि प्रसिद्ध।

शोले (१९७५) – नृत्य र निर्माण टोली भित्र काम गरे।

डन (१९७८) – अमिताभ बच्चनको दृश्यहरूको लागि कोरियोग्राफी टोलीसँग सम्बद्ध।

हरे रामा हरे कृष्ण (१९७१) – नेपालमा छायांकनको क्रममा संलग्न।

महान (१९८३) – काठमाडौँमा छायांकन गरिएका दृश्यहरूको कोरियोग्राफीमा सहयोग।

युद्ध (१९८५) – कोरियोग्राफी एकाइसँग काम गरे।

खुदा गवाह (१९९२) – नेपाल तालिकाको समयमा निर्माण र नृत्य समन्वयमा सहयोग गरे।

तीसरी मंजिल (१९६६)

गहना चोर (१९६७)

Intaquam (1969)

होली आये रे (१९७०)

मेरे हमसफर (1970)

आन मिलो सजना (१९७०)

द ट्रेन (१९७०)

गोमती के किनरे (१९७२)

यादों की बारात (१९७३)

अनामिका (१९७३)

जंजीर (१९७३)

आ गले लग जा (१९७३)

रोटी कपडा और मकान (१९७४)

मजबूर (१९७४)

दिवार (१९७५)

धर्मात्मा (१९७५)

खेल खेल मेइन (१९७५)

चरस (१९७६)

फकिरा (१९७६)

लैला मजनु (१९७६)

हम किसीसे कम नहीं (१९७७)

अमर अकबर एन्थोनी (१९७७)

परवरिश (१९७७)

छैला बाबु (१९७७)

त्रिशूल (१९७८)

मुकद्दर का सिकन्दर (१९७८)

गंगा की सौगन्द (१९७८)

श्री नटवरलाल (१९७९)

सुहाग (१९७९)

काला पत्थर (१९७९)

द बर्निङ ट्रेन (१९८०)

दोस्ताना (१९८०)

शान (१९८०)

राम बलराम (१९८०)

लावारीस (१९८१)

नसीब (१९८१)

कालिया (१९८१)

सत्ते पे सत्ता (१९८२)

नमक हलाल (१९८२)

शक्ति (१९८२)

कुली (१९८३)

पुकार (१९८३)

अन्ध कानुन (१९८३)

शराबी (१९८४)

मर्द (१९८५), आदि ।

बसन्तजंग रायमाझीले भारतीय चलचित्र उद्योगको अनुभवलाई नेपाली मौलिकतामा ढालेर नेपाली नृत्य निर्देशन क्षेत्रलाई व्यावसायिक र अनुशासित बनाउनु भएको थियो । नेपाली चलचित्र क्षेत्रको विकासमा उहाँको योगदान अतुलनीय र चिरस्थायी छ।

रामकुमार राई

(Arts Critiques).