हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

Ghunghuroo

Musical instrument

राम कुमार राई

भारतको मध्य प्रदेशको जवलपुर र कटनीबिचको एउटा सानो राज्य कर्णवतीमा कामसेन राजाले राज्य गर्दथे। यो आजभन्दा ८ सय वर्ष अघिको कुरा हो।

कामसेन राजाको दरवारमा कामकंदला (कन्दला) नाम गरेकी नर्तकी थिइन।उनी राम्रो नर्तकी साथै यौवना र सुन्दर पनि थिइन।

एक दिन कन्दला नृत्य गरिरहेकी थिई। राजा आकर्षक नृत्य हेरेर रमाईरहेका थिए भने उनका मित्रहरुले राजालाई भन्न थाले “यति राम्रो संगीतज्ञ र नर्तकी कहाँबाट ल्याउनु भयो?” राजा मख्ख पर्दै “आफू कलाको इज्जत गर्ने भएकोले आफ्नो दरवारमा उत्कृष्ट कलाकारहरु भएको बताए।”

राजा कामसेन आफ्नो र आफ्नो राज्यको प्रशंसा गरेको अति मन पराउँथे। भाइभारादारहरु बढाइचढाइ राजाको प्रशंसा गर्दथे।

कन्दला नृत्य भैरहेकै बेला एकजना सैनिक प्रेक्षालयमा पस्यो। र शीर निहुराएर भन्यो “महाराजको जय होस! महाराजलाई भेटन एकजना आगन्तुक बाहिर बसिरहेको छ।” राजाले “यति राति…? उनलाई भोलि आउन भनिएन…?” भने। “मैले त भनेकै हो महाराज । तर अहिले नै भेटन चाहन्छन।

उनी भन्छन कि – “नर्तकी(कंदला)ले ठीक सँग नाचिरहेकी छैनन। उनको नृत्य अपूर्ण छ। साथै संगीतकारहरुले पनि ठीकसँग नबजाएर गलत सुरहरु बजिरहेका छन।” सैनिकले विस्तारमा भन्यो। उनी भन्छन “राजाले यस्तो गलत नृत्य र संगीतमा सुधार गर्नु आवश्यक छ।”

यति आनन्द दिने संगीत र नृत्य हेरिरहेको बेला यस्तो कुरा सुनेर राजालाई आफ्नो टाउकोमा एक गाग्रो चिसो पानी अचानक घोप्टाएजस्तै भयो।

सबैका अगाडि अपमानित महसुस गरे। कन्दलाको नृत्यलाई अहिलेसम्म कसैले नराम्रो भनेका थिएनन। ठूलाठूला कला प्रतियोगिताहरुमा इनाम पनि जितेसकिकी थिइ।

अत: त्यो कार्यक्रम स्थगित गरि राजाले ती आगन्तुकलाई भेटन चाहे। र सैनिकलाई अह्राए “युवकलाई भित्रै बोलाएर ल्याउ।” अनि सैनिकले आगन्तुक युवकलाई तुरुन्त भित्र हाजिर गराए।

युवकले शिर झुकाएर “महाराजको जय होस!” भन्यो।


राजा कामसेनले कडा स्वरमा सोधे “तिमीले कन्दलाले गरेको नृत्यलाई अशुद्ध भन्यौ। र संगीत पनि ठीक छैन भन्यौ। कसरी?”

युवकले भन्यो “हो महाराज! नर्तकीको खुट्टामा बाँधेको घुंघुरुको नवौं घुंघुरुमा घुंघुरुभित्र हुने सानो डल्लो छैन। त्यसैले यो ठीकसँग नबजेर स्वर अशुद्ध बजिरहेछ। संगीत अशुद्ध भएकोले नृत्य पनि अशुद्ध भएको भएको छ।”

राजाले तुरुन्तै जाँच गर्न लगाए। युवकको कुरा ठीक सावित भयो।

युवकले कन्दलालाई भन्यो “तिमीले सोच्यौ कि एउटा घंघुरुको दाना नबज्दा के हुन्छ, चली हाल्छ, कसले याद राख्छ,……

तर कसैले याद नगरेपनि, थाहा नपाए पनि, सबैले थाहा पाउँदैनन भन्नू गलत हो। तिम्रो पुरै नृत्य प्रस्तुति अपूर्ण छ।

कामकन्दला युवकको प्रतिभा देखेर छक्क परिन।उनी क्षमा मागेर पछि हटिन।

अलि पर गएर युवकलाई हेरिरहिन। उनको एक भेटमा युवकसँग प्रेम भयो।