हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

Indreshwor Temple

Historical Place

राम कुमार राई

पुराणहरुमा उल्लेखित देवराज इन्द्रद्वारा अहिल्याको सतित्व हरण र अहिल्याका पति गौतम ऋषिद्वारा इन्द्रलाई उनको शरीरभरि नै योनी चिन्ह हुने गरि दिएको श्राप तथा इन्द्रले उक्त श्रापबाट मुक्ती पाउन शिवको अर्चना गरेको एवं शिवलिङ्गसमेत स्थापना कथामा आधारित इन्द्रेश्वर मन्दिर काभ्रेपलान्चोक जिल्लाको पनौतीमा अवस्थित छ।

तले शैलीको इन्द्रेश्वर नामक शिव मन्दिरमा शिवलिङ्ग रहेको छ। इन्द्रेश्वर शिवको चर्चा गर्ने पहिलो ऐतिहासिक स्रोत एउटा ताम्रपत्र हो।

जसमा शाक संवत् ९६३ तिथि अंकित छ। यो भनेको वि.सं. १०९८ हो।

यस मन्दिरमा ६० वटा टुँडालहरु रहेका छन।

टुँडालको तीन भागहरु मध्ये माथिल्लो भागमा फूल र लहराहरु, मध्य भागमा सालभन्जिका मुद्रामा नारी र देवी आकृतिहरु र तल्लो भागमा लौकिक जीवनसँग संबंधित कलाहरु कुँदिएका छन।

केही टुँडालहरुमा रामायण र महाभारतका पात्रहरुको मुर्ति कुँदिएको छ। राम, सीता, भरत, शत्रुघ्न, पाँचपाण्डव, कृष्ण, गोपिनी, आदिको मुर्तिहरु कुँदिएका छन।

यस मन्दिरमा रहेका टुँडालको काष्ठकला १२औँ १३औँ शताब्दीको मानिन्छ।

सालभन्जिका मुद्रामा बनाइएका नारी मुर्तिहरुमा विषेश गरगहनाहरु प्रयोग गरिएको छ।

मन्दिरको प्राङ्गणमा विभिन्न देवीदेवताहरुको मुर्तिहरु रहेका छन।

क्रमशः