राम कुमार राई
हिमाली क्षेत्रमा बाह्रैमहिना प्राकृतिक फूलहरु नफुल्ने भएकोले फूलको मालाको रुपमा कपडामा अष्टमंगल (धुक, माछा, भुम्बा कलश, कमल, शङ्ख, स्वस्तिक चिन्ह, ध्वजा र धर्मचक्र) अंकित खादा लगाउने प्रचलन छ। खादा पुष्पहरु वा फूलहरुको प्रतीक हो। बौद्धधर्मावलम्बीले विविध शुभ -अशुभ कार्यहरुमा प्रयोग गर्ने पवित्र वस्त्र अहिले आएर सबै धर्मावलम्बीलहरुले पनि प्रयोग गर्दछन।
सामान्यतया सबै किसिमको खादाहरुमा “शुभ संकेतहरुको चित्र” र सम्भोटा लिपीमा केहि “शक्तिप्रदत्त मन्त्रहरु” लेखिएका हुन्छन। जस्तै :-
(१) टाशी देलेक फुन्सुम छयोक अंकित, जसको अर्थ – “सुख, शान्ति, शुभ र राम्रो कुराले भरिपूर्ण होस” भन्ने हुन्छ।
(२) ङिन्मो देलेक छेन्देलेक – ङिम्हे घुङयाङ देलेक सिंह अंकित, जसको अर्थ – “दिनको शुभ होस, रातको शुभ होस र मध्य दिनको शुभ होस” भन्ने हुन्छ। त्यस्तै गरेर,
(३) ङिन्छेन ताक्तु देलेगाप – कोन्छगोय सुम्गी टाशी श्योग” अंकित – जसको अर्थ ” दिन र रात सबै राम्रो होस – त्रिरत्न (बुद्ध, धर्म र संघ) शुभ रहोस” भन्ने हुन्छ।
पाँचवटा रंगहरुको खादा बनाइएको हुन्छ। जसको अर्थ पन्चतत्वहरु (पृथ्वी, अग्नि, वायु, पानी र आकाश) भन्ने हुन्छ। खादाको मर्म, अर्थ, दर्शन, इतिहास, आदि नबुझी अहिलेको वैश्य युगका व्यापारीहरुले खादाको नाममा अन्य किसिमका थाङनाहरु बेचेर हाम्रो संस्कृतिलाई मजाक बनाइरहेका छन।
एक अर्काको संस्कृतिलाई सम्मान गरौँ।
More Stories
थारु समुदायको मरुवा
इफिजेनिया इन औलिस ः इसाडोराको उत्कृष्ट नृत्य कृति
थाङ्का कस्तो चित्रकला हो ?