Jambuk Raja icon
राम कुमार राई
परापूर्वकालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका स्थानीय नेवारहरु साँखुको बज्रयोगिनी दर्शन गर्न जाँदा बाटोमै रात पर्ने गर्दथ्यो । एकपटक त्यसरी दर्शन गरेर पर्कंदा रात परेछ । भक्तजनहरु डराउँदै थिए ।
त्यही बेला त्यहाा देखा परेको एउटा सेतो स्यालले उनीहरुलाई चाबहिलको कुटुबहीसम्म सुरक्षितपूर्वक पु¥याइदिए । त्यसै बेलादेखि उक्त स्यालको मूर्तिलाई पनि स्यालको राजा अर्थात जम्बकू राजाको रुपमा पूजा गर्ने चलन सुरु भएको भन्ने किंवदन्ती रहेको छ ।
चाबहिलस्थित गणेश र भैरवको जात्रा कार्तिक शुक्ल पूर्णिमाको दिन जात्रा सुरु हुँदा चाबहिल कै छिमेकी टोल कुटुबहीमा पनि स्यालको जात्रा मनाउने चलन छ । कुटुबहीलाई गगनगञ्ज महाविहार पनि भन्ने गरिन्छ । कुटुबहीभन्दा अलि वर लामपोखरीनिर पिङ्गला विहारको छेउमा स्थानीय शाक्यहरुको देगुद्यःको प्राङ्गणमा स्यालहरुको राजा जम्बकू स्यालको प्रस्तर मूर्ति राखिएको छ ।
उक्त मूर्तिमा कुटुबहीका शाक्यहरुले भातले लेपन गरी धुनी बालेर पूजा गर्ने परम्परा रहिआएको छ । सकिमिला पूर्णिमाका दिन स्थानीय शाक्यहरु आफ्नो देगुद्यः पूजाका सार्थ स्याल राजा जम्बकूको पनि पूजा गर्दछन । यो पूजाको लागि पनि कुटुबहीका शाक्यहरुको छुट्टै गुथि रहेको छ ।
सकिमिला पुन्हिका दिन गुथियारहरुले दुई मुरी चामलको भात पकाई त्यसलाई मुछेर कालो भटमास समेत राखी जम्बकू स्याल राजाको मूर्तिमा लेपन गर्दछन । देगुद्यः सँगै पूजा गर्छन । यो पूजामा पहिले पहिले बलि पनि दिने चलन रहेका भएता पनि हाल बली बन्द गरिएको छ ।
स्यालको मूर्तिलाई पूजा गर्ने यो जात्रा आफैमा अनौठो परम्परा हो । थकाली शाक्यका अुनसार स्यालका राजाको यो मूर्ति तिब्बतबाट उपहार स्वरुप प्राप्त भएको भन्ने सुनिन्छ । हाल लामपोखरी रहेको ठाउँलाई पहिले जम्बुद्विप भनिन्थ्यो ।
पहिले सो पोखरीमा १२ वर्षे मेला लाग्ने गर्दथ्यो । सो मेलामा गाउँगाउँबाट आएका भक्तजनहरुले पोखरीको पानी अञ्जुलीमा थापेर जम्बकू राजालाई चढाउने गर्दथ्यो । काठमाडौं कालीमाटीका मानन्धरहरु साँखु बज्रयोगिनीको पूजा गरी फर्कंदा कुटुबहीस्थित स्यालको मूर्तिमा प्रसादको एक भाग चढाएर जाने चलन थियो ।
काठमाडौंका चित्रकारहरु विवाह पछि यहीँ आएर किसली चढाउने चलन थियो । तर, यी दुबै परम्परा अहिले प्रचलनमा छैन ।
लामो आकारको पोखरी भएकोले यसलाई लामपोखरी भनिए पनि यसको पौराणिक नाम जम्बुद्वीप हो ।
More Stories
रुथ सेन्ट डेनिस आधुनिक नृत्यको प्रर्वतक
थारु समुदायको मरुवा
लोई फुलर