This is a oldest opera
राम कुमार राई
विशिष्ट प्रदर्शन शैली र कडा प्रदर्शन नियमहरुको साथ चीनमा कुन्कु गीति नाटक आजको दिनमा पनि प्रदर्शन गरिन्छ ।
परम्परागत गायन, योगा, जप, अभिनय, नृत्य र जटिल कोरियोग्राफको संयोजन नै कुन्कु गीति नाटकको विशेषता हो ।
करिब ८ सय वर्षदेखि मौखिक र परम्परामा बाँचिरहेको सम्पदा युआन राजवंशको (सन १२७१–१३६८) का अन्तिम दिनहरुमा सुरुवात भएको मानिन्छ ।
यी अमूर्त साँस्कृतिक सम्पदा कुन्कु गीति नाटकलाई चीनमा “चिनियाँ ओपेराको आमा, सबै ओपेराहरुको पुर्खा” भनेर पनि चिनिन्छ ।
यस गीति नाटक वा ओपेरालाई सन् २००१ युनेस्कोद्वारा मानवताको मौखिक र अमूर्त साँस्कृतिक सम्पदाको उत्कृष्ट कृतिको रुपमा सूचीकृत गरिएको छ ।
नेपालभरिका त्यस्ता ओपेराहरुमध्ये धेरै हराउँदै, केही परिमार्जित भएर, केही दयनीय अवस्थामा रहेको छ ।
काठमाडौं उपत्यकाभित्रका कात्तिकनाचलगायत नेपालभरिका कृष्णलीला, घाटु, जटजटिनी, बालन, माघोनल, माननाच, मारुनी, सोरठी, भारत, रामलीला, विदापत, श्यामाचकेवा, सहलेश, सङ्गिनी, मनिरिम्दू, फुटुक, ढोलसहेना, आदि जस्ता ओपेराहरु लोपोन्मुख अवस्थामा रहेका छन ।
मौखिक परम्परामा रहेको हाम्रा सम्पदाहरु आधुनिक स्टुडियोमा पुग्दा स्रोता र दर्शकको रुची र सङ्घलकको नीजि मुनाफामा मात्रै ध्यान दिँदा यस्तो अवस्थामा पुगेको हो ।
साच्चै भन्ने हो भने देउसी भैली त हराइसक्यो ।
भोलि अर्कै देशले यो हाम्रो अमूर्त सम्पदा हो भनेर युनेस्कोमा दाबी तथा सूचीकृत गराएमा हामीसँग अरुलाई सराप्ने बाहेक अर्को विकल्प हुन्न
More Stories
नुन व्यापार मार्गः नेपाल र तिब्बत जोड्ने ऐतिहासिक र सांस्कृतिक पुल
कोरियोग्राफर याङ लिपिङ
चिन्तनमा कलाको प्रभाव