हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

रुथ सेन्ट डेनिस आधुनिक नृत्यको प्रर्वतक

ruth st denis

ruth st denis

राम कुमार राई

रुथ सेन्ट डेनिसको नृत्यहरुमा धार्मिक र रहस्यमय विषयवस्तुहरुको अभिव्यक्ति थियो । उनी एक अत्यन्तै आकर्षक सुन्दर महिला थिइन । त्यसैले कलाकार रोडिनले उनको स्केचहरु बनाएकी थिइन । त्यसैगरी कलाकार ग्यास्टन लाचैसले उनलाई मोडल बनाएर धेरै सिर्जनाहरु गरेकी थिइन । डेनिसलाई पूर्वीय दर्शन र मेरी बेकर एडीको शिक्षाबाट अत्यन्तै प्रभावित थिइन । उनको हातको चालहरुमा असाधारण तरलता थियो । यतिसम्म कि एक पटक जर्मन डाक्टरहरुको टोलीले उनको शरीर रचनात्मक रुपमा अरु सबैको जस्तै छ कि छैन भनेर जाँच गरेका थिए


उनको जन्म जनवरी २०, १८७९ नेवार्क, न्युजर्सी, संयुक्त राज्य अमेरिकामा भएको थियो । “श्रीमती रुथ” – रुथ सेन्ट डेनिसलाई बोलाउने मायालु सम्बोधन थियो । उनलाई अमेरिकी नृत्यकी प्रथम महिलाको रुपमा पनि स्वीकार गरिन्छ । उनको नृत्य प्रशिक्षण घर मै लोकप्रिय शारीरिक अभ्यासहरु मात्रै थियो । त्यसपछि उनकै गृहनगर न्युजर्सीमा स्थानीय शिक्षकहरुसँग नृत्यको सामान्य अध्ययन गरिरहेका थिइन । उनले सुरुवाती दिनहरुमा सङ्गीत नाटकमा स–सानो भूमिकाहरुमा संघर्ष गरिन । जब इजिप्सियन देवीहरुको कभर फोटो छापिएको चुरोटको विज्ञापन देखिन, त्यसैले उनको नृत्य विषयको अध्ययनमा नयाँ मोड ल्याइदियो । इजिप्सियन देवी आइसिसको पोस्टरले उनलाई गम्भीर नृत्य अन्वेषणको सन्सारमा पु¥यायो ।

सन १९०० तिर चुरोटको विज्ञापनमा इजिप्सियन देवी आइसिसको फोटो देखेपछि नृत्यको गम्भीर अनुसन्धान गर्न थालिन । त्यसैले डेनिसको अधिकांश नृत्यहरुमा धार्मिक र रहस्यमय विषयवस्तुहरुको अभिव्यक्ति हुन्थ्यो । पूर्वीय धर्म र दर्शनको अध्ययन नै उनको रुचीको विषय बन्यो । उनले भर्जिन मेरीलाई त नृत्यको माध्यमबाट मूर्त रुप दिने प्रयास गरेकी थिइन भनेर केली मेयोले टिप्पणी गरेकी छिन ।


आफ्नो करियरको लागि उनले पूर्वीय नृत्य सिद्धान्तमा आधारित चालहरु विकास गरिन । त्यसको लागि न्युयोर्कको कोनी आइसल्याण्ड एम्युजमेण्ट पार्कमा बारम्बार हुने कार्यक्रमहरुलाई अध्ययन गर्नु पर्दछ । जहाँ उनले पूर्वीय नर्तकहरुको अध्ययन गरेकी थिइन । उनका कामहरुमा पूर्वीय नृत्यहरुको ठ्याक्कै नक्कल नगरी नृत्य तत्वहरु मात्रै लिएर कोरियोग्राफी गरिन । यस्तो कामले व्यक्तिगतसँगै पश्चिमा नृत्यकलामा पनि रुपान्तरण भएको थियो । यसलाई नै आधुनिक नृत्य भनिन थालियो । जसलाई पश्चिमा कला जगतले उत्साहका साथ स्वागत गर्यो ।


सन १९३८ मा उनले एडेल्फी विश्वविद्यालयमा नृत्य विषयको स्थापना गरिन । जुन अमेरिकाको विश्वविद्यालयको पहिलो नृत्य विभागहरुमध्ये एक थियो । त्यसैगरी सन १९४० मा दोस्रो नृत्य विषयको स्कुल अफ नाटायाको सह स्थापना गरिन । जसले ओरिएन्टल नृत्य सिकाउनमा केन्द्रित थियो । धेरै वर्ष सेन्ट डेनिसले क्यालिफोर्नियाको युनिभर्सिट िसिट िनजिकै ३५३३ काहुएन्गा बुलेगार्ड वेस्टमा रहेको आफ्नो स्टुडियोमा नृत्य सिकाइन ।


उनी कला प्रदर्शन कै क्रममा लण्डन र पेरिसमा पनि देखा परिन । तर, जर्मनीको बर्लिनमा भने सबैभन्दा ठूलो सफलता मिल्यो । जहाँ उनले कवि ह्युगो भोन होफम्यानस्टललाई भेटिन । जो उनको कामको विशेष प्रशंसक थिए । यदि उनी जर्मनी मै रहिन भने, उनलाई पाँच वर्षको लागि आफैले भनेजस्तो नृत्य कम्पनी निर्माण गरिदिने कवि होफम्यानस्टलले प्रस्ताव गरेका थिए । तर डेनिसले प्रस्तावलाई स्वीकार गरिनन । उनी संयुक्त राज्य अमेरिका नै फर्किइन र भाउडेभिलमा आफ्नो पछिल्लो करियार सुरु गरिन । सुरुमा उनले एकल उपस्थिति सफल भयो । तर, बढ्दो रुपमा दर्शकहरुले एकल कलाकारको सट्टा युगल नृत्य कलाकारको माग गर्न थाले । त्यसै समय एक युवा नर्तक टेड शानसँग भेट भयो । उनले आफ्नो नृत्य करियरलाई टिकाउने सम्भावना टेडमा देखिन । सोचेजस्तै भयो पनि पहिले तिनीहरु नृत्यमा साझेदार र त्यसपछि बिवाह साझेदार बने । यस जोडीले थुप्रै कामहरु सँगै गरे । यी दुबैले सन १९१० देखि १९२० को दशकभरि सँगसँगै कला मञ्चनको लागि विभिन्न स्थानहरुमा भ्रमण गरेका थिए । दुबै मिलेर “डनिसशान स्कुल अफ डान्सिङ एण्ड रिलेटेड आर्टस” नामक नृत्य विद्यालय स्थापना गरे । जसबाट डोरिस हम्फ्रे, लिलियन पावेल, इभान– बुरोज फन्टेज र चाल्र्स बेडम्यान जस्ता उल्लेखनीय नर्तकहरुले अध्ययन गरेको थिए । ग्राहम, हम्फ्रे, बेडम्यान र भविष्यका मौन फिल्म स्टार लुइस ब्रुक्स सबैले डेनिसशान कम्पनीसँग नर्तकको रुपमा प्रस्तुति दिए । तर डेनिसशान कम्पनी १९३० सम्म बन्द भइसकेको थियो । त्यसपछि डेनिसले स्वतन्त्र रुपमा साथै अन्य कलाकारहरुसँगको सहकार्यमा नृत्य, अध्यापन र कोरियोग्राफी गरेका थिए ।


रुथ सेन्ट डेनिस – आधुनिक नृत्यकलाको सर्जकहरुमध्ये एक मार्था ग्राहमसहितका युवा महिला कलाकार पुस्ताको लागि प्रेरणाको स्रोत थिइन । आलोचकहरुले भन्छन डेनिस खासै राम्रो शिक्षिका भने थिइनन । त्यसैले उनले आफ्नो धेरैजसो कृतिहरु आफ्नो पति शानको नाममा छोडिदिइन । तर, त्यस्तो नभएर उनी आधुनिक नृत्यको इतिहासको लागि एक म्युज (ज्ञानकी देवी) नै थिइन । यी महान कलाकारको देहान्त जुलाई २१, १९६८ लस एन्जलस, क्यालिफोर्निया, अमेरिकामा भएको थियो ।