हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

Loie Fuller

Loie fuller

राम कुमार राई

समकालीन नृत्यको अग्रणी सर्जक लोई फुलरलाई सम्झनै पर्ने भनेको “पृथक कोरियोग्राफी भन्दा पनि मञ्चमा प्रयोग गरिने नाटकीय प्रकाश र विभिन्न डिजाइन एवं लम्बाइको चिनिया रेशमी पोसाकहरुको प्रयोग नै हो” । यी महान नर्तकीको जन्म जनवरी १५, १८६२ फुलर्सबर्ग (हालको हिन्सडेल क्षेत्र), इलिनोइस, अमेरिकामा भएको थियो ।

उनले सन् १९६६ तिर चार वर्षको उमेरमा शिकागोमा आफ्नो नृत्यकला प्रस्तुत गरी रङ्गमञ्चमा डेब्यु गरेकी थिइन । उनको पहिलो कृति सर्पेन्टाइन नृत्यले नै अन्तराष्ट्रि प्रतिष्ठा प्राप्त गरेको थियो ।

यस नृत्यमा नाटकीय प्रकाशमा आफ्नो नवीन कोरियोग्राफीको आविष्कार गरिएको थियो । प्रसिद्ध नृत्य सिर्जन सर्पेन्टाइनमा गिलिटले सङ्गीत दिएका थिए । यसलाई सर्बप्रथम क्यासिनो थियटर, न्यूयोर्कमा सन १८९१ मा फुलरको कोरियोग्राफीमा मञ्चन गरिएको थियो ।


त्यस समयको लोकप्रिय स्कर्ट नृत्यभन्दा फुलरको नृत्यकलाहरुमा उल्लेखनीय भिन्नता थियो । पहिलो नृत्यको ख्यातिले केही वर्षभित्र नै उनले स्टक कम्पनीहरु, बर्लेस्क शोहरु, वाउडेभिल र बफेलो बिलको वाइल्ड वेस्ट शो, आदिसँग मिलेर विभिन्न मञ्चहरुको भ्रमण गरिन ।

शिकागो र न्यूयोर्कका शहरहरुमा मञ्चन भएका विभिन्न नाटकहरुमा देखा परिन । उनले एक सय तीस भन्दा बढी नृत्यकलाको कोरियोग्राफी र नृत्य गरिन ।


फुलरले आफ्नो नृत्यकलामा प्रयोग गर्ने विभिन्न लम्बाइको रेशम र विभिन्न रंगीन प्रकाशको प्रयोगलाई अझै सिर्जनात्मक तरिकाले विकसित गर्दै लगिन । साथै आफ्नो सार्पेन्टाइन डान्सलाई पनि विकसित गरिन ।


उनले सर्पेन्टाइ नृत्यलाई फेब्रुअरी १८९२ मा न्यूयोर्कमा प्रस्तुत गरिन । त्यसपछि उनले युरोपको यात्रा गरिन । सन १८८५ को अक्टोबरमा अर्को नृत्य सिर्जना गरिन फायर डान्स (फ्लेम) ।

जसमा उनले मञ्चको तल सतहबाट उज्यालो गिलासहरु राखेर त्यसमाथि नाच्ने कलाको आविष्कार गरिन र मञ्चन गरिन । यसले पेरिसको कला जगतमा हट केक नै बनिन । फ्रान्समा हेनरी डे टुलुज – लाउटे«क (फे्रञ्च चित्रकार, प्रिन्टमेकिर,…), अगस्टे रोडिन (फ्रेञ्चे मूर्तिकार) र जुल्स चेरेट (फ्रेञ्च चित्रकार र लिथोग्राफर), जस्ता कलाकारहरुले फुलरलाई आफ्नो सिर्जनाहरुको विषयवस्तुको रुपमा प्रयोग गरे ।

धेरै कलाकार र लेखकहरुले उनलाई कृतिहरु समर्पित गरे । समकालीन साहसी समाजका महिलाहरुले उनलाई खोजे । त्यसपछि उनी पूर्णकालीन युरोपमा बसिन र काम गर्न थालिन ।


नृत्य सिर्जनामा स्टेज लाइटिङ्गको पछिल्लो प्रयोगहरुको प्रभाव उनको कोरियाग्राफी भन्दा गहिरो र स्थायी थियो । उनले फस्फोरेसेन्ट सामग्री र सिल्हुड प्रविधिहरुको प्रयोग धेरै नै गर्ने गर्थिन ।

सन् १९०८ मा फुलर एउटा संस्मरण “क्विन्जे एन्स डेमा भि” प्रकाशित गरिन । जसलाई समकालीन लेखक र आलोचकहरुले एनाटोल सकरात्मक समीक्षा गरिदिए । यसलाई सन् १९१३ मा “एक नर्तकको पन्ध्र वर्ष” (फिफ्टिन इयर्स अफ अ डान्सर्स)को रुपमा अंग्रेजीमा अनुवाद गरियो ।


पहिलो विश्वयुद्ध पछि उनले मञ्चहरुमा विरलै नाचिन । बरु, पेरिसमा नृत्य स्कुल स्थापना गरी युरोपका धेरै स्थानहरुमा आफ्नो डान्स कम्पनीहरुलाई पठाइन ।

सन १९२६ मा उनले अन्तिम पटक संयुक्त राज्य अमेरिकाको भ्रमण आफ्नी साथी मेरी (रोमानियाकी रानी) सँग गरिन । उनको अन्तिम नृत्य कोरियोग्राफी ला एस्केलियर मोनुमेन्टल (१९२५) हो ।

नृत्यकलामा आफ्नो शिल्प र सिर्जना प्रयोग गरेर आधुनिक नृत्यको क्षेत्रको चम्किला नक्षत्र बन्न पुगेका फुलरको ६५ वर्षको उमेरमा जनवरी १, १९२८ पेरिस, फ्रान्समा मृत्यु भयो । ६५ वर्षको उमेर मा निधन भयो ।