Loie fuller
राम कुमार राई
समकालीन नृत्यको अग्रणी सर्जक लोई फुलरलाई सम्झनै पर्ने भनेको “पृथक कोरियोग्राफी भन्दा पनि मञ्चमा प्रयोग गरिने नाटकीय प्रकाश र विभिन्न डिजाइन एवं लम्बाइको चिनिया रेशमी पोसाकहरुको प्रयोग नै हो” । यी महान नर्तकीको जन्म जनवरी १५, १८६२ फुलर्सबर्ग (हालको हिन्सडेल क्षेत्र), इलिनोइस, अमेरिकामा भएको थियो ।
उनले सन् १९६६ तिर चार वर्षको उमेरमा शिकागोमा आफ्नो नृत्यकला प्रस्तुत गरी रङ्गमञ्चमा डेब्यु गरेकी थिइन । उनको पहिलो कृति सर्पेन्टाइन नृत्यले नै अन्तराष्ट्रि प्रतिष्ठा प्राप्त गरेको थियो ।
यस नृत्यमा नाटकीय प्रकाशमा आफ्नो नवीन कोरियोग्राफीको आविष्कार गरिएको थियो । प्रसिद्ध नृत्य सिर्जन सर्पेन्टाइनमा गिलिटले सङ्गीत दिएका थिए । यसलाई सर्बप्रथम क्यासिनो थियटर, न्यूयोर्कमा सन १८९१ मा फुलरको कोरियोग्राफीमा मञ्चन गरिएको थियो ।
त्यस समयको लोकप्रिय स्कर्ट नृत्यभन्दा फुलरको नृत्यकलाहरुमा उल्लेखनीय भिन्नता थियो । पहिलो नृत्यको ख्यातिले केही वर्षभित्र नै उनले स्टक कम्पनीहरु, बर्लेस्क शोहरु, वाउडेभिल र बफेलो बिलको वाइल्ड वेस्ट शो, आदिसँग मिलेर विभिन्न मञ्चहरुको भ्रमण गरिन ।
शिकागो र न्यूयोर्कका शहरहरुमा मञ्चन भएका विभिन्न नाटकहरुमा देखा परिन । उनले एक सय तीस भन्दा बढी नृत्यकलाको कोरियोग्राफी र नृत्य गरिन ।
फुलरले आफ्नो नृत्यकलामा प्रयोग गर्ने विभिन्न लम्बाइको रेशम र विभिन्न रंगीन प्रकाशको प्रयोगलाई अझै सिर्जनात्मक तरिकाले विकसित गर्दै लगिन । साथै आफ्नो सार्पेन्टाइन डान्सलाई पनि विकसित गरिन ।
उनले सर्पेन्टाइ नृत्यलाई फेब्रुअरी १८९२ मा न्यूयोर्कमा प्रस्तुत गरिन । त्यसपछि उनले युरोपको यात्रा गरिन । सन १८८५ को अक्टोबरमा अर्को नृत्य सिर्जना गरिन फायर डान्स (फ्लेम) ।
जसमा उनले मञ्चको तल सतहबाट उज्यालो गिलासहरु राखेर त्यसमाथि नाच्ने कलाको आविष्कार गरिन र मञ्चन गरिन । यसले पेरिसको कला जगतमा हट केक नै बनिन । फ्रान्समा हेनरी डे टुलुज – लाउटे«क (फे्रञ्च चित्रकार, प्रिन्टमेकिर,…), अगस्टे रोडिन (फ्रेञ्चे मूर्तिकार) र जुल्स चेरेट (फ्रेञ्च चित्रकार र लिथोग्राफर), जस्ता कलाकारहरुले फुलरलाई आफ्नो सिर्जनाहरुको विषयवस्तुको रुपमा प्रयोग गरे ।
धेरै कलाकार र लेखकहरुले उनलाई कृतिहरु समर्पित गरे । समकालीन साहसी समाजका महिलाहरुले उनलाई खोजे । त्यसपछि उनी पूर्णकालीन युरोपमा बसिन र काम गर्न थालिन ।
नृत्य सिर्जनामा स्टेज लाइटिङ्गको पछिल्लो प्रयोगहरुको प्रभाव उनको कोरियाग्राफी भन्दा गहिरो र स्थायी थियो । उनले फस्फोरेसेन्ट सामग्री र सिल्हुड प्रविधिहरुको प्रयोग धेरै नै गर्ने गर्थिन ।
सन् १९०८ मा फुलर एउटा संस्मरण “क्विन्जे एन्स डेमा भि” प्रकाशित गरिन । जसलाई समकालीन लेखक र आलोचकहरुले एनाटोल सकरात्मक समीक्षा गरिदिए । यसलाई सन् १९१३ मा “एक नर्तकको पन्ध्र वर्ष” (फिफ्टिन इयर्स अफ अ डान्सर्स)को रुपमा अंग्रेजीमा अनुवाद गरियो ।
पहिलो विश्वयुद्ध पछि उनले मञ्चहरुमा विरलै नाचिन । बरु, पेरिसमा नृत्य स्कुल स्थापना गरी युरोपका धेरै स्थानहरुमा आफ्नो डान्स कम्पनीहरुलाई पठाइन ।
सन १९२६ मा उनले अन्तिम पटक संयुक्त राज्य अमेरिकाको भ्रमण आफ्नी साथी मेरी (रोमानियाकी रानी) सँग गरिन । उनको अन्तिम नृत्य कोरियोग्राफी ला एस्केलियर मोनुमेन्टल (१९२५) हो ।
नृत्यकलामा आफ्नो शिल्प र सिर्जना प्रयोग गरेर आधुनिक नृत्यको क्षेत्रको चम्किला नक्षत्र बन्न पुगेका फुलरको ६५ वर्षको उमेरमा जनवरी १, १९२८ पेरिस, फ्रान्समा मृत्यु भयो । ६५ वर्षको उमेर मा निधन भयो ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच