अमृत खरेल
कानून प्रणाली, अर्थ व्यवस्था, कर प्रणाली, सामाजिक व्यवस्था, विकासको ढाँचा, विज्ञान, शिक्षा, संस्कृति, चुनाव पद्धति सबैतिर मूल्य शून्य विश्लेषणात्मक प्रत्यक्षवादी चर्मचक्षु दृष्ट प्रमाणवादी अनुभववादी सिद्धान्त अपनाउने, अनि त्यसरी बनाएको व्यवस्थाको उपजबाट बनेको सत्ता र राजनीतिमा चाहिँ हामी मूल्य र मान्यता खोज्ने!
यो भन्दा चरम विरोधाभासको अवस्था के हुन्छ?
मूल्य मान्यताका आधारमा चल्ने राजनीतिक व्यवस्था चाहिने हो भने पोजिटिभिज्मका यान्त्रिक तथ्यवादी दबदबाबाट समाजका अरू उपप्रणालीलाई जोगाउने र बाहिर निकाल्ने भरपर्दो वैकल्पिक दृष्टिकोण चाहियो नि पहिला।
अहिलेको मूल्य र नैतिकता विहिन तथ्यवादका यी तल उल्लेखित नकारात्मकता चिर्ने कसरी भन्ने आलोचनात्मक वैचारिकी चाहियो।
अत्याधिक तथ्यवादी र यान्त्रिक सुत्रवादी (अ) वैज्ञानिक दृष्टिकोणले मानवीय अनुभव र सामाजिक जटिलतालाई उपेक्षा गर्ने झुकावका कारण यसका केही प्रमुख नकारात्मक पक्षहरू यसप्रकार छन्:
१. पोजिटिभिज्मले केवल दृष्ट तथ्य र प्रमाणलाई महत्त्व दिन्छ, जसले गर्दा भावना, मूल्य, नैतिकता, र सांस्कृतिक पाटोहरूजस्ता मानव जीवनका महत्वपूर्ण पक्षहरूको उपेक्षा र अनदेखा हुन्छ।
२. समाज र मानवीय व्यवहार अत्यन्तै जटिल हुन्छन्। पोजिटिभिज्मले यसलाई साधारण नियमहरूमा बाँध्न खोज्दा सामाजिक वास्तविकतालाई पूर्ण रूपमा बुझ्न सक्दैन।
३, गहिरो सांस्कृतिक, ऐतिहासिक, र सन्दर्भगत पक्षहरूलाई बेवास्ता गर्दा समाज दिग्भ्रमित हुन्छ।
४. पोजिटिभिज्मले विज्ञानलाई ज्ञानको एकमात्र स्रोत मान्दछ। यसले वैकल्पिक ज्ञान प्रणालीहरू, जस्तै: परम्परागत ज्ञान, दार्शनिक विचारधारा, र धार्मिक विश्वासहरूको भूमिका कमजोर पार्छ।
४. नागरिकलाई यस्तो विशुद्ध वस्तुनिष्ठ वादी बनाउन खोज्दा आलोचनात्मक सिद्धान्तहरू र वैकल्पिक दृष्टिकोणहरूलाई पन्छाउने जोखिम हुन्छ।
५. तर्क र प्रत्यक्ष प्रमाणमा आधारित हुने हुँदा यसले निर्णय प्रक्रियामा नैतिकता, न्याय, र मानवीय मूल्यहरूको महत्त्वलाई समावेश गर्न कठिन बनाउँछ। विशेष गरी शक्तिशालीले नै यस्ता तर्क र प्रमाण बनाउन सक्छन्।
६. यस्तो व्यवस्थामा सन्दर्भगत तथ्यहरू (Contextual Realities) र स्थानीयता (Local Realities) लाई महत्त्व दिइनन, जसले गर्दा हाम्रो समस्यालाई सार्वभौम (Universal) बनाउन खोज्दा स्थानीय समस्याहरूलाई अनदेखा हुन्छ ।
राजनीतिक व्यवस्थाको विकल्प चाहिने हो भने दर्शन र सोच प्रणालीको विकल्प चाहियो।
आजको राजनीतिलाई मूल्य मान्यतामा आधारित बनाउन यसलाई अन्य दृष्टिकोणहरू जस्तै व्याख्यात्मक (Interpretivism) र आलोचनात्मक दृष्टिकोणका दर्शनसँग मिलाएर दार्शनिक प्रयोग गर्दा मात्र मूल्य सहितको राजनीतिक व्यवस्था पाउन सकिन्छ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच