हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

अल्ट्रा-उत्तर-आधुनिकतावादी नृत्य (Ultra-Postmodernism Dance ) र साशा वाल्टज ।

रामकुमार राई

अल्ट्रा-उत्तर-आधुनिकतावादी नृत्य (Ultra-Postmodernism Dance ) र साशा वाल्टज ।

  • “उत्तर-आधुनिकतावाद” ले – नृत्यमा कुनै नियमहरु हुँदैन भन्ने भास्य स्थापित गर्यो भने, “अल्ट्रा-उत्तर-आधुनिकतावाद”ले – नृत्य अब केवल शरीरमा मात्रै सीमित छैन, यो त डिजिटल र विश्वव्यापी चेतनाको हिस्सा हो भन्ने भास्य सिर्जना गरेको छ ।
  • उत्तर-आधुनिकतावादमा नृत्यलाई दर्शकले प्रत्यक्ष हेर्थे भने अल्ट्रा-उत्तर-आधुनिकतावादमा दर्शकहरू प्रायः भर्चुअल रियालिटी वा प्रत्यक्ष अन्तरक्रिया मार्फत नृत्यको हिस्सा नै बन्न गर्दछ । यस अवधारणाले कला सिर्जना र दर्शकको परिभाषालाई “डिस्मेन्टल” (विनिर्माण) गरिदियो । उच्च प्रविधिको साथै प्रयोगवादका हिसाबले पनि अल्ट्रा-पोस्टमोडर्निजम नृत्यहरु फरक रुपमा अगाडि आएका छन ।
  • केही समय अगाडि “प्रविधि, पुरातत्त्व(Archaeology) र नृत्य विषयमा कोरियोग्राफी गर्दै आएका एक जना बिदेशी मित्रसँग भर्चुअल कुराकानी भएको थियो । उहाँको कुरा सुनेर मेरो मुख आँ…. अनि ट्वाँ भएको थियो । खोज्दै जाँदा म त कुन युगमा रहेछु भनेर अर्को पटक ट्वाँ परेको थिएँ । त्यस्तै, वास्तुकला (Architecture) सम्बन्धि नृत्य कोरियोग्राफी गर्ने अल्ट्रा-उत्तर-आधुनिकतावादी कलाकार साशा वाल्टजको कामबाट म निकै प्रभावित भएको छु ।
  • उनले नृत्यलाई वास्तुकला (Architecture) र भिजुअल आर्टसँग जोडेर नयाँ आयाम दिँदै आएकी छिन । उनका नृत्यहरू ठूला संग्रहालय वा आधुनिक भवनहरूमा प्रविधिको प्रयोग गरी देखाइन्छ।
  • सानै देखि नृत्य गर्ने वाल्टजले हाई स्कूल सकेपछि सन१९८३ देखि १९८६ सम्म एम्स्टर्डमको स्कूल फर न्यू डान्स डेभलपमेन्टमा नृत्य विषयको उच्च अध्ययन गरिन्।
  • त्यसपछि उनले १९८६ देखि १९८७ सम्म न्यूयोर्कमा आफ्नो शिक्षालाई अगाडि बढाइन्। न्यूयोर्कमा उनले पूह के, योशिको चुमा र स्कूल अफ हार्ड नक्स र लिसा क्राउसको कम्पनीमा नर्तकको रूपमा काम गरिन्। त्यसपछि उनले ट्रिस्टन होन्सिंगर, फ्रान्स पोएलस्ट्रा, मार्क टम्पकिन्स, डेभिड जाम्ब्रानो र अन्य जस्ता कोरियोग्राफर, दृश्य कलाकार र संगीतकारहरूसँग सहकार्य गरिन्।
  • एम्स्टर्डम र न्यूयोर्कमा आफ्नो प्रशिक्षणको क्रममा उनले आफ्नो पहिलो साशा वाल्ट्जको कोरियोग्राफीहरू सिर्जना गरिन्, जसमध्ये: दास मीर इन मिर (१९८५), गोल्ड डस्ट (१९८६), हाउ कम वी गो (१९८७), श्वार्जे सिरेन (१९८७) र राइफल (१९८७)
  • Ram Kumar Rai -Arts Critiques