हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

पूर्वी एशियाली सुपरस्टार टेरेसा टेङ र थियान मि मि गीत

Music

Music

राम कुमार राई

चाओ सु क्वुइ र थेङ ह्सु चीनबाट ताइवान बसाइँ सरे । युन लिन काउन्टी, बओजोङ ताइवानमा सन जनवरी २९, १९५३ जन्मिइन पूर्वी एशियाली सुपरस्टारटेरेसा टेङ ।

यी ताइवानी गायिका तथा नायिका टेङको स्पष्ट, सुरिलो आवाज र हृदयस्पर्शी प्रेमगीतहरु विशेषगरी ताइवान र चीनमा प्रसिद्ध भयो । सन १९७० र ८० को दशकमा टेङको लोकप्रिय यति थियो कि चीनमा तत्कालीन सर्बोच्च नेता देङको नामसँग जोडेर चिनिया आम मानिसहरु देङले दिनमा र टेङले रातमा शासन गर्छ भन्ने भनाइ प्रचलित थियो ।

चीनको कुना कन्दरामा उनको गीत गुन्जिएपनि टेङले चीनमा कुनै पनि साङ्गीतिक कार्यक्रम गरिनन । उनको बहुभाषिक ज्ञानले पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको हो भन्न सकिन्छ ।

यस्ता विश्वप्रसिद्ध गायिका टेङको गीतहरु नेपालमा सुनिदैन । अरु त के साङ्गीतिक क्षेत्रमा लागि परेका कसैलाई पनि यी सुपरस्टारको बारेमा खासै जानकारी छैन । नेपालीलाई थाहा भएको भनेको भारतको सङ्गीत मात्रै हो । नेपालीहरुको कलाको संसार नै भारत मात्रै हो ।

यस्ता सुपरस्टारको मे ८, १९९५ मा ४० वर्षको उमेरमा चियाङ माई, थाइल्यान्डमा मृत्यु भयो । उनी मन्डारिन, क्यान्टोनिज, जापनिज, अंग्रेजी, आदि भाषामा दखल राख्थिन ।


उनको गीति कृतिहरुमा फ्याडेड फिलिङ्स १९८३, म तिम्रो ऋणमा छु १९८४, अविस्मरणीय टेरेसा टेङ १९९२, लभ इन हङकङ १९७७, द मून रिप्रेजेन्टस माई हर्ट १९७७, गुडबाई माइ लव १९७४, थियान मि मि १९७९, मे वी वी टुगेदर फरेभर १९८३, माई ओन्ली केयर अबाउट यु १९८६, जापानी भाषामा, आदि ।