paubha
राम कुमार राई
परिचय
नेपाली पौभा चित्रकला र तिब्बती थाङ्का समकालीन पूर्वीय विशिष्ट दर्शन बोकेको परम्परागत चित्रलेखन कला हो।
पौभा चित्रकलालाई नेवारी कला पद्धति पनि भनिन्छ।
तिब्बतमा १३औँ शताब्दीताका फस्टाएको थाङ्का र पौभा चित्रलेखन शैलीलाई तिब्बतीहरु बेरी शैली पनि भन्दछ्न।
थाङ्का चित्रकलाको उत्पत्ति तिब्बतको यार्लुङ्ग उपत्यकामा बिकास भएको मानिन्छ।
पौभा चित्रकला नेपालको काठमाडौ उपत्यकामा बिकास भएको परम्परागत चित्रकला बिधाको प्रमुख बिधा मानिन्छ।
दुबै चित्रकला लेखन बिशेष किसिमको प्रबिधि, विधि, तरिका वा ढाँचा अपनाएर कपडाको क्यानभासमा चित्राङ्कित गरिन्छ।
चित्रलेखनमा प्रयोग गरिने विशेष कपडा।
तिब्बती थाङ्का चित्रमा बौद्ध दर्शन एवं बौद्ध देवी देवताहरुको चित्र बनाइन्छ। नेपाली पौभा चित्रकलामा हिन्दू तथा बौद्ध दर्शन र देवी देवताहरुको चित्र लेखिन्छ।
यी दुबै चित्रकलामा जीवन दर्शनलाई प्रतीकात्मक ढङ्गले अभिव्यक्त गरिएको हुन्छ। विविध दर्शनका कुराहरुलाई व्यक्त गर्नका लागि यी चित्रकलाहरुमा अनेकौं प्रतीकहरुको प्रयोग गरिएको हुन्छ।
यसरी बौद्ध र हिन्दू धर्म दर्शनका हरेक आयामहरुलाई मानवीकरण गरि अभिव्यक्त गर्ने शास्त्रीय वा परम्परागत पद्धतिबाट चित्रलेखन गरिने थाङ्का पौभा चित्रकलाको कला पक्ष बुझ्नका लागि धर्म, दर्शन, कला, संस्कृति, इतिहास, जीवन जगतका विविध आयामहरुलाई बुझ्नु पर्ने हुन्छ।
थाङ्काको अर्थ र परिभाषा
धार्मिक चित्रलाई संस्कृत भाषामा पटचित्र, नेवारी भाषामा पौभा र तिब्बती भाषामा थाङ्का भनिन्छ।
पट शब्दको अर्थ संस्कृत भाषामा कपडा हुन्छ। यसरी कपडामा लेखिएको चित्र पटंचित्र बाट पटचित्र भएको केही विद्वानहरुको मत रहेको छ।
कपडामाथी कोरिएका धार्मिक विषयवस्तु भएको चित्रलाई काठमाडौ उपत्यकाको नेवार समुदायले पौभा चित्र भन्दछ्न।
संस्कृत भाषाको प्रतिमा र प्रभा दुई शब्दहरुबाट प्रतिमा / प्रभा / पौभा शब्दको ब्युत्पती भएको मानिन्छ।
प्रतापादित्य पाल जसको शाब्दिक अर्थ प्रतिमा / चित्र र प्रभा / उज्यालो वा प्रकाश हुन्छ।
उज्यालो वा टल्किने सतहमा बनाएको चित्रकला भन्ने अर्थमा पौभा शब्द बनेको तर्क केही विद्वानहरुको रहेको छ।
यसरी प्रभामण्डल शब्दको अपभ्रंस भै पौभा शब्दको उत्पत्ति भएको भन्ने डिल्लीरमण रेग्मीको तर्क छ।
पट्ट र भट्टारक दुई अलग अलग शब्दबाट पटभट्टारक पत्रभट्टारकप्रतिभराड प्रतिभरापौवाहस्श्पौभा शब्द निर्माण भएको केही विद्वानहरुको भनाइ रहेको छ।
पट भनेको कपडा र भट्टारक भनेको पूजा गर्न योग्य बस्तु वा व्यक्ति भन्ने हुन्छ। कपडामा पूजनीय बस्तुहरुको चित्र उतार्नु भन्ने अर्थमा पौभा लाई बुझिन्छ।
नेपाल भाषामा पत्रलाई पौ भनिन्छ।ती धार्मिक विषयवस्तु लेखिएको चित्र भएको पौ वा पत्रहरु वाहा / वहालमा प्रस्तुत गरिने भएकोले पौंबाहा बाट पौवाहास्श्पौवास्श्र पौभा भएको तर्क केही विद्वानहरुको रहेको छ।
तिब्बतीहरु कपडामा लएखिएको धार्मिक विषयवस्तु भएको चित्रकलालाई थाङ्का भन्दछन।
तिब्बती शब्दकोषमा थान्का शब्दले समतल वा सम्म परेको स्थान लाई बुझाउँदछ।यसर्थ समतल परेको कपडा, कागज, भित्ता वा भूइँ, आदिको सतहमा कोरिएका चित्रलाई नै थाङ्का भनेर बुझिन्छ।
यसैगरी तिब्बती भाषामा थान कु वा कु थान शब्दले कपडामाथी वा कागजमा लेखिएको चित्र भन्ने अर्थ दिन्छ।सो थान कु शब्दबाट थाङ्का शब्दको उत्पत्ति भएको मान्दछन।
तिब्बती शब्दमा थान शब्दले सम्म परेको सतह र कु शब्दले रहस्यमय वा गुह्री भन्ने अर्थबोध हुन्छ।
यसरी सम्म परेको कपडा, कागज, भित्ता, भूईँ, आदि स्थानको सतहमा रहस्यमयी, गुह्य, प्रतीकात्मक चित्र सिर्जना गर्नु भन्ने अर्थमा थांकुबाट थान्कुश्रथान्काश्र थाङ्का भएको बिचार विद्वानहरुको रहेको छ।
तर कपडाबाहेक अन्य माध्यममा रचना गरिएको चित्रलेखनकलालाई थाङ्का भनिदैन।
तसर्थ, संस्कृतको पटचित्र,नेपालभाषाको पौभा तथा तिब्बती भाषाको थाङ्का चित्रकला मूलतस् पूर्वीय दर्शन बोकेको विशिष्ट किसिमको परम्परागत चित्रकलाको एकै स्वरुप हि भन्न सकिन्छ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच