हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

Syabru

The folk dance is belong to Sherpa community


राम कुमार राई

नाच्ने समुदाय – शेर्पा


मुख्य स्थान – सोलुखुम्बु (हिमालको अन्य भूभागमा अरु नै किसिमका नाचहरु नाचिन्छ )


कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय हिमाल अरोहणका लागि विश्व प्रसिद्ध समुदाय हो । अन्य समुदायको भन्दा भिन्न भाषा, लिपि, भेषभुषा गरगहना, कला संस्कृति, परम्परा, संस्कार र संस्कृति रहको शेर्पा समुदायले विभिन्न अवसरहरुमा स्याब्रु परम्परागत नाच नाच्ने गर्दछन ।


स्याव भनेको शेर्पा भाषामा खुट्टा हो । स्याव वा खुट्टाको चालमा नाचिने भएकोले स्याबबाट अपभ्रंश भएर स्याव्रु रहन गएको हो । यस परम्परागत नाचको चालहरु एकै किसिमको देखिने भएपनि नाच्दै जादा विभिन्न प्रकारका चालहरु रहेको थाहा पाउन सकिन्छ ।


स्याव्रु नाच समय र स्थान अनुसार फरकफरक तरिकाले नाच्ने गरिन्छ । विवाह, पूजाआजा, स्वागत गर्दा भिन्ने भिन्नै तरिकाले नाच्ने गरिन्छ । यस नाच सामुहिक नाच हो । ठूलो समूहमा एकअर्काको हात समाएर वा आफ्नौ पछाडी कम्मरबाट एकअर्काको हातलाई समाएर खुट्टाको ताल मिलाएर स्याब्रु नाच नाच्ने गरिन्छ ।

सामूहिकतामा नाचिने भएको कारण यस नाचको कलात्मक साथै साँस्कृतिक महत्व पनि रहेको छ । शेर्पा बाहुल्यता रहेको गाउँहरुमा विवाह तथा शुभकार्यहरुमा नाच्ने गरिन्छ ।


यस नाचलाई केही क्षणदेखि हप्ता दिनसम्म पनि नाचिन्छ । यस नाचमा गीत पनि प्रमुख अंग हो । नाचसँगै गीतको पनि गाउने गरिन्छ । गीतको बोलहरुमा प्रकृति, हिमाल, देवता, आमा, बाबु, गुम्बा, आदि सम्मानीत विषयको बारेमा गाउने गरिन्छ ।

गीतमा नैतिक तथा धार्मिक ज्ञानको शब्दहरु रहेको हुन्छ । तर कुन कार्यमा नाचेको हो त्यसले पनि गीतको शब्दह्ररुमा फरक हुन गर्दछ ।


शेर्पाहरुको ल्होसार, डुम्जी, मनिरिम्दू, आदि चाडपर्वहरुमा पनि स्याब्रु नाच नाच्ने गर्दछन । स्याब्रु नाचमा आफ्नो मौलिका भेषभूषा र गरगहनाहरु लगाउने गरिन्छ ।

त्यस्ता मौलिक भेषभूषाहरुमा छुवा, बख्खु (आंगी), महिलाहरुले बख्खु वा आङ्गी, आङ्गदुङ, स्याम्ज्यार, पाङदेन, ग्यापटिल वा मटिल स्यामुङ (फराकिलो टोपी), लगाउने गर्दछन । गरगहनाहरुमा जि, यू, गेन्जिन, समेमोङ र खुट्टामा काचा (जुत्ता) लगाउछन ।
पुरुषहरुले खुट्टामा दोचा , छयुवा, तेतुङ, कारा, स्यामो (टोपी), भुटिल, स्यामुङ, आदि लगाउने गर्दछन ।


स्याब्रु गीत र नाचमा टुङ्ना प्रमुख बाजा हो । जसलाई शेर्पा भाषामा डाम्ज्याङ भनिन्छ ।

यस बाजालाई पवित्र बाजाको रुपमा लिने परम्परा रहेको छ ।
शेर्पा समुदायको परम्परागत धार्मिक तथा लोकबाजाहरुमा दोेर्जे ठिल्बु, धोमर, च्योन्दर, ग्यालिङ, बुक्श्यल, सङदुङ, सिलिञेन, ङ, खरङङ, कङ्लिङ, तिङ्श्य, तुङ, ङिङमा, आदि ।

त्यसैगरि ड्रङेन (टुङना), लुमु, लिङफु (बाँसुरी), ग्युमङ, याङक्षेन , सोङथोर, पिवाङ (सारङ्गी) अािद हुन ।