राम कुमार राई
ढोलको सृष्टि कसरी भयो भन्ने सम्बन्धमा धिमाल समुदायमा एउटा किंवदन्ती रहेको छ ।
उहिले सत्य जुगमा धरम राजाको मृत्यु भयो । धरम राजाको मृत्युपछि सम्पूर्ण पशुपंक्षी, प्राणी, मानव, जीव जीवात्मालाई शोक पर्यो ।
राजाको मृत्युपछि धेरै समयसम्म खडेरी पर्यो ।
सबैतिर पानी नपरेर हाहाकार भयो । त्यसैले पानी पर्ने उपायको खोजी भयो । त्यसका लागि भगवानलाई खुशी पार्नु पर्ने भयो ।
त्यसको लागि बूढाठाकुर वाराङले पूजा गर्नका लागि ढोल बनाउने बिचार गरे । गाउँले सबै मिलेर जंगलबाट एउटा सिङ्गो रुख काटेर ल्याएर ढुङ्ग्रो बनाए ।
त्यसको एकतिर हरिणको छाला र अर्कोतिर बाख्राको छालाले मोहोरेर ढोल बनाए ।
अनि ढोललाई बजाउँदा चाङ-धिम को बोल उत्पन्न भयो । त्यसपछि चि-जुराइका चलन चलाए ।
चि-जुराइका भनेको गाउँभरि ढोल बजाएर बेहेरी सहयोग वा जिउरी मुठी उठाएर जम्मा भएको सामाग्री, नगद, आदिबाट जंगलको बीचमा ढोल बजाएर पूजा गर्नु हो ।
ढोल बजाएर चि-जुराइका गरेपछि पानी परेर सबैको कल्याण भयो भने किंवदन्ती रहेको छ । अहिलेपनि धिमाल समुदायमा देवदेवीलाई खुशी पार्नका लागि ढोल बजाउने प्रचलन रहेको छ ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच