हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

मोको जाम्बिज नृत्य

Mokojumbies

MokoJumbies dance

रामकुमार राई


मोको र जाम्बी दुई शब्दबाट व्युत्पत्ति भएको मोकोजाम्बिज नृत्य, मध्यअमेरिकी देश सेन्ट किट्स एण्ड नेभिसको प्रख्यात परम्परागत नाच हो ।

“मोको” पश्चिम अफ्रिकी संस्कृतिमा एउटा देवताको स्वरुप मानिन्छ । जसले मानिसको रोगहरुलाई निको पार्दछ भन्ने गहिरो जनविश्वास रहेको छ ।


जबकि “जम्बी” भूत वा नकरात्मक आत्म हो । यो क्यारिबियन शब्द हो ।

प्रतीकात्मक रुपमा युरोपेलीहरुलाई जम्बी र आदिवासीहरुलाई मोकोको रुपमा पनि व्याख्या गरिएको पाइन्छ । मोकोलाई आफ्नो पुर्खा वा संरक्षकको पूजा गरिन्छ ।

जसले आफ्नो उचाइबाट मानिसहरुलाई हेर्छन् । कुनै विपत्ती आउन लागेमा त्यस्ता विपत्ती र दुष्टताबाट बचाउँछन् र आशिर्वाद दिन्छन् भन्ने मान्यता रहेको छ ।


मोकोजाम्बी नृत्यमा नर्तकहरुले रंगीन, जीवन्त र लामो गाउन लगाउँछन् । जसले आफ्नो लठ्ठीहरुलाई लुकाउँछ । प्रायः आफ्नो पहिचान लुकाउनको लागि कलात्मक मुखुण्डो र टोपीहरु लगाउँछन् ।

यो परम्परागत सङ्गीतको तालमा नाच्ने गरिन्छ । विभिन्न उत्सवहरुमा दर्शकहरलाई प्रभावित गर्न नृत्यको साथै नाटकीय चालहरु र एक्रोबेटिक चालहरु पनि गर्ने गर्छन् ।

तिनीहरु गाउँको संरक्षकको रुपमा ६ देखि १५ फिट लठ्ठीहरुमा प्रदर्शन गर्दै र नाच्छन् घुम्दछन् । सांस्कृतिक हिसाबले आध्यात्मिक अनुष्ठानहरुसँग जोडिएको भएपनि, मोकोजाम्बिज नृत्य, सेन्ट किट्स एण्ड नेभिसमा आधुनिक मोको जम्बी मास्करेडको एक उत्सवको रुपमा प्रर्दशन गरिन्छ ।