chinese deities
राम कुमार राई
परम्परागत चिनियाँ ताओ संस्कृतिका पाँच देवताहरु – ली कुइजु, कुआन ती शङचुन , चाओ कोङमिङ, पि कान र फान ली हुन ।
१. ली कुइजुले पार्थिव शरीर निरीक्षण गर्दछ । गलत भएका कार्यहरूको न्याय गर्ने र निष्पक्षता सुनिश्चित गर्दछ। उहाँले मानिसहरूको खाना, लत्ताकपडा र जीविकोपार्जनको पनि प्रबन्ध गर्नुहुन्छ ।
२. कुआन ती शङचुन बौद्ध धर्मकोसंरक्षक देवता र ताओ धर्मको सर्बोच्च स्वर्गको सहयोग गर्ने महान सम्राटको रूप मा सम्मानित छ । यो देवतालाई निष्ठा र धार्मिकताको लागी उच्च सम्मान गरिन्छ ।
३. चाओ कोङमिङको आराधना व्यापार लेनदेनमा निष्पक्ष, कला र वाणिज्य क्षेत्रमा सफलताको लागि आशीर्वाद र समृद्धिको लागी प्रार्थना गर्ने गरिन्छ ।
४. पि कान देवता आफ्नो निष्ठा, निष्पक्षता र निष्ठाका लागि परिचित छन् ।
५. व्यापारमा सफलताको लागि फान लीको सम्झना गरिन्छ ।
चिनियाँ संस्कृतिमा प्राचीन र लोकप्रिय पाँछ देवताहरुको आफ्नै महत्त्व रहेको छ ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच